पोखराको पर्यटन उकास्न ‘सडक महोत्सव’

पोखरा : गत चैतबाट पोखराको पर्यटन थलिएको छ । कोरोनाले थलिएको पर्यटन अझै उठ्न सकेको छैन । पोखरेली पर्यटन व्यवसायीले पोखराको पर्यटनलाई गतिशिल बनाउन २२ औं संस्करणको पोखरा सडक महोत्सव सञ्चालन गर्ने भएका छन् । आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले बुधबार पत्रकार सम्मेलन गरी स्वास्थ्य मापदण्ड अपनाएर सडक महोत्सव गरिने जनाएको छ । २२ औं संस्करणको महोत्सव पुस १५ देखि १७ गतेसम्म सञ्चालन गरिने भएको छ । विगतमा ५ दिन हुने गरेको महोत्सव यस वर्ष ३ दिनमात्रै चल्ने भएको हो ।
पोखरा खुल्लै छ र सुरक्षित छ भन्ने सन्देश दिन महोत्सव सञ्चालन गरिने सडक महोत्सव आयोजना समिति संयोजक वसन्त गौतमले जानकारी दिए । ‘पोखरा खुल्लै छ र पर्यटकलाई स्वागत गर्न पोखरा तयार छ भन्ने सन्देश दिन महोत्सव आयोजना गरिएको हो,’ संयोजक गौतमले बताए । २२ औं संस्करण विगतका वर्षजस्तो भव्य तरिकाले हुने छैन । यस संस्करणमा कोमागाने पार्कभित्र कन्सर्ट हुने छैन । रेवान पोखरा अध्यक्ष लक्ष्मण बरालले यस वर्षको महोत्सव सहिदचोकदेखि खहरेसम्मको ३ किलोमिटर सडकमा हुने जनाए ।
महोत्सवको पहिलो र तेस्रो दिन दिउँसो ३ देखि राति १० बजेसम्म महोत्सव क्षेत्रमा सवारी प्रवेश निषेध गरिएको छ । दोस्रो दिन इभमा भने मध्य रात १२ बजेसम्म कार्यक्रम हुनेछ । विगतमा पोखरा पर्यटन परिषद अध्यक्ष गोपी भट्टराईले कोरोनाले प्रभावित पर्यटन क्षेत्रलाई सडक महोत्सवले चलायमान बनाउने विश्वास व्यक्त गरे । सरकारले व्यवसायीका लागि ल्याएको जीवन रक्षा कोष कार्यान्वयनमा ल्याउनुपर्ने उनको माग छ । महोत्सवमा सांस्कृतिक कार्यक्रमबाहेक केही खेलकुद गतिविधि पनि हुने छन् । डुंगा दौड प्रतियोगिता, तारो (आर्चरी) हान्ने प्रतियोगिता र बिच भलिबल हुने छन् ।
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया