युनिलिभर नेपालले बोलायो साधारणसभा, ६५० रुपैयाँ प्रति सेयर लाभांश बाँड्ने

काठमाडौँ - बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले कात्तिक ११ मा वार्षिक साधारणसभा बोलाएको छ ।
यस अघि कम्पनीले १०० रुपैयाँ प्रति सेयर लाभांश दिएको थियो । कम्पनीले असोज २५ गते बुकक्लोज मिति तय गरेको छ। कम्पनीले गत आर्थिक वर्ष खुद नाफा उच्च दरले बढाएको थियो। कम्पनीले ८५ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो।
साधारणसभाले सर्वसाधारण सञ्चालकको चयन गर्ने तथा प्रबन्ध सञ्चालक र नयाँ लेखा परीक्षकको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव छ ।
अघिल्लो वर्ष कम्पनीको नाफा ३५ करोड ८० लाखमा खुम्चिएको थियो। त्यसको तुलनामा हालको नाफा १३८.५७ प्रतिशतले बढी हो। कम्पनीले मालसामान बेचेर कुल ५ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको थियो। आम्दानी ३ प्रतिशतले मात्र बढेको थियो।

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लाग…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

प्रतिक्रिया