विङ्गरबाट खसेर सहचालकको मृत्यु

कञ्चनपुर- पूर्व-पश्चिम राजमार्गको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सडकखण्डमा आज साँझ विङ्गरबाट खसेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ यात्रु बोकेर गइरहेको म१ज २०९० नंको विङ्गरबाट खसेर सहचालक भीमदत्त नगरपालिका-६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको हो ।
विङ्गरको ढोकाको लक खुल्न जाँदा बुडाल सडकमा खस्दा टाउकामा गम्भीर चोट लागेपछि तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उपचारका क्रममै बुडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । विङ्गर र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेका छन् । मृतको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पाल धनगढीमा राखिएको छ ।(रासस)

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

प्रतिक्रिया