जनगणनाका गणकको 'सर्ट लिस्ट' सार्वजनिक
काठमाडौँ - राष्ट्रिय जनगणनाको मूल गणना कार्यका लागि आवश्यक गणकहरूको 'सर्ट लिस्ट' गर्ने काम सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले 'सर्ट लिस्ट'मा परेका गणकलाई १ देखि ५ कात्तिकसम्ममा सम्बन्धित जिल्लाका जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गणक तालिम स्थानीय जनगणना कार्यालयमा १३ देखि १६ कात्तिकसम्म हुनेछ ।
सर्ट लिस्ट गरिएका गणकको नतिजा विभागको वेबसाइट https://cbs.gov.np वा https://www.censusnepal.cbs.gov.np/ मा हेर्न सकिन्छ । नतिजा हेर्न दरखास्त फारममा उल्लेख गरिएको मोबाइल नम्बर वा एनपीएचसी नम्बर इन्ट्री गरी हेर्न सकिन्छ ।
२५ कात्तिकदेखि ९ मंसिरसम्म संचालन हुने मूल गणनामा ३९ हजार गणकका लागि आवेदन माग गरिएको थियो । झण्डै एक लाख ५० हजारले आवेदन दिएका थिए । तर, विभागले आवश्यक गणकको संख्याभन्दा ३० प्रतिशत बढी गणकलाई सर्ट लिस्ट गरिएको बताएको छ ।
सर्ट लिस्टमा स्थानीय व्यक्तिलाई प्राथमिकता दिएको विभागको भनाइ छ । यसका अतिरिक्त रोजेका ठाउँको संभाव्यता, विगतमा गरेको कामको अनुभव, शैक्षिक योग्यताको श्रेणी आदिलाई आधार मानेर नतिजा सार्वजनिक गरिएको बताइएको छ ।

उत्पादन र रोजगारी वृद्धि हुने गरी बजेट ल्याउन एमालेको सुझाव

टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

प्रतिक्रिया