लागू औषध निट्राभ्टसहित कञ्चनपुरबाट दुई जना पक्राउ
कञ्चनपुर – लागू औषध निट्राभ्ट–१० को ३ सय क्याब्सुलसहित कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन् । मंगलबार साँझ इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ६ मा पर्ने नेपाल भारत सीमास्थित से ७ प ६३२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूमाथि शंका लागि चेकजाँच गर्दा उक्त लागू औषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कैलालीस्थित गोदावरी नगरपालिका वडा नम्बर २ बस्ने हेमन्त भट्ट र सोही स्थान बस्ने भीम साउद छन् । उनीहरूलाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

प्रतिक्रिया