आर्सनलको समस्या : मिकेल आर्टेटा की खेलाडी ?

काठमाडौं : जारी प्रिमियर लिग सिजन आर्सनलका लागि सुखद हुन सकेको छैन । लगातारको खराब प्रदर्शनका कारण आर्सनल लिग अंक तालिकाको १२ औं स्थानमा अड्किएको छ । लिगका पछिल्ला पाँच खेलमा आर्सनलले जित दर्ता गर्न सकेको छैन । तर पनि आर्सनलको प्रशिक्षक मिकेल आर्टेटाको पद धरापमा भने परिसकेको छैन ।
इंगल्यान्डका क्लबहरुमा धैर्यता हुँदैन । क्लबले केही खेलमा खराब प्रदर्शन गरे मात्र पनि प्रशिक्षक बर्खास्तमा पर्ने हल्ला चल्न सुरु भइहाल्छ । क्लब प्रशासनले गर्ने पनि त्यही हो । टिमको खराब लय काबुमा आउने समभावना न्यून देखिए चालिने कदम नै प्रशिक्षक बर्खास्ती हो । तर १२ खेल खेल्दा चारमा मात्र आर्सनललाई जिताउन सकेका आर्टेटाको अवस्था भने फरक छ ।
आर्टेटाको अवस्था किन फरक छ भनेर जान्न बिगत तर्फ फर्किनुपर्ने हुन्छ । गत डिसेम्बरमा स्पेनिस प्रशिक्षक उनाइ एम्री बर्खास्तीमा परेपछि आर्सनल व्यबस्थापनले आर्टेटालाई क्लबको जिम्मेवारी दिने मनसाय बनायो । तर रोजेको मान्छे पाउन कहाँ सजिलो छ र । आर्सनलले रोजेका आर्टेटा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाका सहायकका रुपमा कार्यरत थिए । त्यसकारण, सिटीबाट आर्टेटालाई फुत्काउन सजिलो थिएन । किनभने ग्वार्डिओलाले प्रिमियर लिग बुझेको अनि स्पेनिस भाषा जानेको आर्टेटालाई धेरै महत्व दिएका थिए ।
अन्ततः आर्टेटा आर्सनल आइपुगे । आर्टेटालाई क्लबमा ल्याएपछि आर्सनल व्यवस्थापनले उनलाई पूर्ण अधिकार दियो । आर्टेटा लन्डन क्लबमा कती शक्तिशाली छन् भन्ने कुरा उनले मेसुट ओजिललाई टिमबाट बाहिर राख्ने निर्णयले देखाइसकेको छ । तर अधिकार र शक्तिसँग जिम्मेवारी पनि त आउँछ । र जब जिम्मेवार पाएको ब्यक्तिले ‘डेलिभरी’ दिन सक्दैन, तब प्रश्न त उठ्छन् नै ।
हो, आर्टेटा बर्खास्तीमा पर्ने सम्भावना कम छ । तर आर्सनल व्यवस्थापन संकटमा फसेको छ । प्रशिक्षक बर्खास्तीको निर्णय लिन उ तयार छैन । न त उसँग देखा परेको समस्या समाधान गर्न पर्याप्त उपायहरु नै छन् । तर क्लबका प्रदर्शन र प्रशिक्षकले लिने प्रत्येक निर्णय खराब हुँदा प्रश्न त व्यबस्थापनका अगाडि पनि र्तेसिन्छन् ।
आर्सनलको आफ्नो दर्शन छ । शैली छ । त्यही दर्शन र शैलीमा उभिएर आर्सनल व्यवस्थापनले आर्टेटालाई क्लबमा ल्याएको हो । उसले सोचेको थियो उनाइ एम्रीले सम्हालन नसकेको टिमलाई उर्जावान देखिएका स्पेनिस युवाले सम्हाल्नेछन् ।
आर्सनलको आफ्नो दर्शन छ । शैली छ । त्यही दर्शन र शैलीमा उभिएर आर्सनल व्यबस्थापनले आर्टेटालाई क्लबमा ल्याएको हो । उसले सोचेको थियो उनाइ एम्रीले सम्हालन नसकेको टिमलाई उर्जावान देखिएका स्पेनिस युवाले सम्हाल्नेछन् ।
जारी लिगमा आर्टेटाको नेतृत्वमा आर्सनलले कीर्तिमान राखिरहेको छ । तर कीर्तिमान गर्ब गर्न लायकाको छैन । आईतबार बर्नलीसँग पराजित भएपछि आर्सनलले सन् १९५९ यता पहिलो पटक लगातार तीन खेल हारेको कीर्तिमान कायम गर्यो । त्यस सिजन आर्सनलले १३ औ स्थानमा रहेर लिग समापन गरेको थियो । यस सिजन आर्सनल त्यो भन्दा दुई स्थान तल छ ।
आर्सनल इंगल्यान्डको सर्वाधिक सफल क्लब मध्येको एक हो । आर्थिकरुपमा लन्डन क्लबको अवस्था सुदृढ छ । तर जारी सिजनमा आर्सनलको लयले महत्पूर्ण सन्देश दिएको छ । क्लब धनी र ठूलो भए पनि समस्या आइपर्छन् । र सबै समस्या प्रशिक्षकमा गएर ठोक्किदैनन् । उदाहरणका लागि, बर्नलीविरुद्धको खेलमा कप्तान ग्रनिट जाकाले पाएको रातो कार्ड । तर यहाँ बिर्सन नहुने तथ्य के हो भने, जाकालाई छनौट गर्ने आर्टेटा हुन् । त्यसकारण जाका वा अन्य आर्सनल खेलाडीहरुमा अनुशासनको कमी देखिए, त्यसको सम्बोधन गर्ने जिम्मा पनि प्रशिक्षककै हो । आर्टेटाले जिम्मेवारी सम्हालेपछि मात्रै पनि आर्सनल खेलाडीहरुले १२ महिनामा ६ पटक रातो कार्ड खाइसकेका छन् । अनुशासनको समस्यालाई आर्टेटाले तत्काल सम्बोधन गर्नुपर्ने देखिन्छ ।
अर्को समस्या भनेको आर्सनलसँग पर्याप्त संख्यामा स्तरिय खेलाडीहरु नहुनु हो । र भएकै खेलाडीहरुमा पनि जिम्मेवारीबोध नरहेको पाईन्छ । झट्ट हेर्दा, आर्सनलका खेलाडी र आर्टेटाबीच समुधुर सम्बन्ध नभएको जस्तो देखिन्छ । अनि आर्टेटाले ओजिल र सोकरटिसलाई गरेको ब्यवहारले पनि टिमका अन्य खेलाडीलाई निराश तुल्याएको हुनुपर्छ ।
आर्कषक फुटबल खेलाएर राम्रो नतिजा दिनुपर्छ भन्ने स्कुलिङबाट आर्टेटा दिक्षित छन् । तर आर्सनलमा आर्टेटाले आफ्नो दर्शन र शैली अनुसारको खेल खेलाउन सकेका छैनन् । त्यसको कारण, आर्टेटासँग आफुले बनाएको रणनीति अनुसार खेल्ने खेलाडी नभएर होईन । प्रशिक्षकलाई आफ्नो शैलीलाई कार्यन्वयन गर्न विश्वस्तरिय खेलाडीहरु नै चाहिन्छ भन्ने होइन । प्रमाणका लागि आर्टेटाले सम्मान गर्ने मार्सेलो बिएल्सालाई हेरे पुग्छ । जसले लिड्स युनाइटेडलाई आफुले चाहेको अनुसारको खेल खेलाउन सफल भइरहेका छन् । बिएल्साले लिड्समा आफुले चाहेको अनुसारका खेलाडी खरिद गर्नसक्ने अवस्था छैन । तर त्यसले बिएल्सालाई आफ्नो शैलीलाई तिलान्जली दिन प्रेरणा दिन सकेको छैन् ।
प्रशिक्षकलाई आफ्नो शैलीलाई कार्यन्वयन गर्न विश्वस्तरिय खेलाडीहरु नै चाहिन्छ भन्ने होइन । प्रमाणका लागि आर्टेटाले सम्मान गर्ने मार्सेलो बिएल्सालाई हेरे पुग्छ । जसले लिड्स युनाइटेडलाई आफुले चाहेको अनुसारको खेल खेलाउन सफल भइरहेका छन् ।
खेलाडीका रुपमा आर्टेटाको अन्तिम क्लब आर्सनल थियो । उनी करियर सक्नेबित्तिकै ग्वार्डिओलाको सहायक बन्न सिटी पुगे । आर्टेटा खेलाडीबाट प्रशिक्षकका रुपमा रुपान्तिरित हुन समय लागेन । त्यसकारण पनि उनलाई प्रशिक्षण क्षमताका आधारमा विश्लेषण गर्न सजिलो छैन् । अब प्रश्न उब्जिन्छ । किन आर्सनल जस्तो ठूलो क्लबले आर्टेटा जस्ता कम अनुभवीलाई मौका दिन्छ ? पूर्व खेलाडी भएकैले प्रशिक्षकको जिम्मेवारी पाउँने हो ?
म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि आफ्ना पूर्व खेलाडीलाई प्रशिक्षक बनाएको छ । तर यी दुई क्लब र आर्सनलमा भिन्नता छ । अर्थिक स्रोतका आधारमा । आर्सनल तुलनात्मक रुपमा युनाइटेड र चेल्सी भन्दा गरिब छ । आर्टेटाले ओले गनर सोल्स्यार र फ्रान्क लाम्पार्डले भन्दा खेलाडीमा कम खर्च गरेका छन् । आर्सनलले आर्टेटा छनौट गर्नुको कारण पनि पूर्व एभरटन मिडफिल्डरले कम बजेटमा काम गर्न सक्छन् भनेरै हो । त्यसो त गत सेप्टेम्बर सम्म पनि आर्टेटा आर्सनलमा प्रभावकारी देखिएका थिए ।
आर्टेटालाई छनौट गर्दा आर्सनल भित्रैबाट प्रश्न नउठेको होइन । तत्कालिन टेक्निकल निर्देशक स्भेन मिस्लिनटाटले आर्सनल प्रशिक्षक बन्न आर्टेटाको अनुभव नपुग्ने धारणा राखेका थिए । आर्सनलको खराब लयले निरन्तरा पाए, क्लबका बाँकी उच्च पदस्थ अधिकारीलाई पनि आर्टेटा कम अनुभवी लाग्ने समय आउन सक्छ । यदि त्यस्तो समय आए आर्टेटाको बर्खास्तीको बाटाे खुल्नेछ । (बेलायती सञ्चारमाध्यम दि इन्डिपेन्डेन्टबाट)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया