आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

दुर्गमको स्वास्थ्य सेवा : छामछुम गरेर उपचार

जाजरकोट- नलगाड नगरपालिका–८ का हरिबहादुर खत्री बिरामी भएको ६ दिनपछि रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीस्थित औषधि पसलमा गएर आफूलाई के भएको भन्दै उपचार गर्न आग्रह गर्छन् । 

औषधि पसलमा रहेका सिएमए गरेका स्वास्थ्यकर्मीले छामछुम पारेर लक्षणका आधारमा खत्रीलाई औषधि थमाउँछन् । उनी औषधि सकिएपछि आउनुहोला भन्दै विश्वास्त पार्दै बिरामीलाई घर पठाउँछन् । 

अनुमानका भरमा दिइएको औषधिले खत्रीलाई पाँच दिनसम्म खाँदा पनि सन्चो भएन । पाँच दिनपछि आफूलाई सन्चो नभएको भन्दै खत्री सोही औषधि पसलमा आउँछन् । उनै स्वास्थ्यकर्मीले फेरि खत्रीलाई अनुमानको भरमा औषधि दिएर फर्काउँछन् । तर, अनुमानको भरमा दिएको औषधि खाएर पनि केही सन्चो नभएपछि खत्री तीन दिनपछि धामीको शरणमा गएको बताए । 

धामीलाई देखाउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि १२ दिन बितेपछि खत्री उपचारका लागि रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारीमा पुग्छन् । सो अस्पतालका चिकित्कसले आफ्नो एक्सरे र रगत परीक्षण गरेको खत्री बताउँछन् । 

‘सबै जाँच गरेको जम्मा १३ सय लाग्यो, राडीमा औषधि पसलमा चार हजार खर्च गरेको थिएँ । निको भएन । तर, यहाँ एक्सरे र रगत जाँच्दा मलाई त टिबी भएको रहेछ’, खत्रीले सुनाए । 

उनी अहिले अस्पतालकै सिफारिसअनुसार दल्लीस्थित नगर अस्पतालबाट क्षयरोगको औषधि सेवन गरिरहेका छन् ।  ‘मजस्तै धेरै बिरामी भएका गाउँलेहरू औषधि पसलमा गएर जथाभावी औषधि खाँदा हजारौँ रुपैयाँ खर्च हुने गरेको छ । यसरी जथाभावी औषधि खाँदा ज्यानसमेत जोखिममा पर्छ’, उनी बताउँछन् । 

जाजरकोट, डोल्पा र रुकुम पश्चिमका अधिकांश गाउँमा दर्ताविना  सञ्चालनमा रहेका औषधि पसलमा जथाभावी औषधि बिक्री गर्दा बिरामीको आर्थिक नोक्सान मात्र भएको छैन, ज्यानसमेत जोखिममा पारेको छ । ‘गाउँका स्वास्थ्य संस्थामा उपचारका लागि गए पनि छामछुम पारेर अनुमानकै भरमा औषधि दिने गरिन्छ, कसरी बिरामीलाई सन्चो होस्’ मुड्केचुला गाउँपालिका– ४ का धनबहादुर हमालले भने । 

निश्चित समयमा सरकारी स्वास्थ्य संस्था खुल्ने भएकाले पनि बिरामी औषधि पसलमा उपचारका लागि जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘बिहान १० बजे खुल्ने र दिउँसो ४ बजे बन्द हुने सरकारी स्वास्थ्य संस्थाबाट कसरी सेवा लिने’, हमालले भने, ‘निरन्तर खुल्ने भए पो उपचारमा सहज हुन्छ । सरकारी समयभन्दा फरक समयमा बिरामी भएमा उही औषधि पसलमै धाउनुको विकल्प हुँदैन । ’  

डोल्पामा १५ शय्याको एक मात्र जिल्ला अस्पताल छ । अन्य स्थानीय तहमा स्वास्थ्य संस्था भए पनि पर्याप्त उपकरण नहुँदा उपचारमा सधैँ बाधा पुग्दै आएको छ । जाजरकोट सदरमुकाममा नाम मात्रको ५० शय्या अस्पताले छ । भारी ज्वरो आएको बिरामीको उपचार सम्भव नभएको भन्दै चौरजहारी, नेपालगञ्ज रिफर गरिँदै आइएको छ । 

सदरमुकाम बाहिर दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्थामा समेत उपकरण तथा चिकित्सककै अभावमा उपचार कार्य प्रभावकारी नहुँदा समस्य हुँदै आएको छ । गाउँभन्दा बाहिर सुविधा सम्पन्न ठाउँमा उपचारका लागि लिने रकम नहुँदा जाजरकोटमा मात्र वर्षेनी धेरै मानिसको मृत्यु हुने गर्दछ । 

छिमेकी जिल्ला डोल्पामा सञ्चार सुविधा नहुँदा कहाँ के हुन्छ भन्ने जानकारी नै आउन मुस्किल छ । यदि सूचना आए पनि त्यो धेरै ढिला भइसकेको हुने स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमरसिंह शाहीले बताए । 

चिसो मौसममा पाँच महिना उपल्लो डोल्पामा नियमित खोप सेवा नै बन्द हुने गर्दछ । भारी हिमपातका कारण खोप लिएर जान सक्ने अवस्था नहुँदा नियमित खोपबाट उपल्लो डोल्पामा तीन स्थानीय तहका बालबालिका बन्चित हुने गरेका छन् । स्थानीय तहले खरिद गर्ने भनिएको नियमित औषधिसमेत खरिद नगरिएको पाइएको छ । 

गाउँका स्वास्थ्य संस्थामा सबै औषधि नपाउँदा बिरामीहरू हैरान भएको त्रिपुरासुन्दरी नगरपालिका– ७ का विष्णु पहाडीले बताए । उनका अनुसार अधिकांश सुत्केरीहरू असुरक्षित रूपमा घरमै सुत्केरी हुन्छन् । ‘गाउँमा भनेका बेला यातायात साधनदेखि जहाजसमेत पाइँदैन’, पहाडीले भने, ‘डोकोमा बोकेर बिरामीलाई स्वास्थ्य लिनुपर्ने बाध्यता छ ।’ 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…