दुई लाख घूस लिने सव-इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ - सेवाग्राहीसँग घूस लिने एक सव-इन्जिनियर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बसुन्धाराको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा कार्यरत सव-इन्जिनियर दिपेन्द्रकुमार केसीलाई नियन्त्रणमा लिएको हो ।
कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा घूस लिइरहेका थिए । सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको थियो ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया