४१ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार ३ अर्बभन्दा तल

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक ४१.८४ अंकले बढेको छ । १.६३ प्रतिशतले बढेर नेप्से परिसूचक २६१२.६५ बिन्दुमा पुगेको हो ।
कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचकमा भने गिरावट आएको छ । १.८४ प्रतिशतले व्यापार समूहको परिसूचक घटेको छ । त्यसबाहेक १२ समूहका परिसूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक (४.१६ प्रतिशतले) बढेको छ । विकास बैंक समूहको परिसूचक ३.१२ प्रतिशतले बढेको छ ।
मल्टीप्रपोज फाइनान्स, हिमालयन पावर पार्टनर, समता घरेलु लघुवित्त, मैलुङ खोला जलविद्युत्, सिभिल लघुवित्त, छ्यांग्दी हाइड्रोपावर र जनउत्थान लघुवित्तको सेयर मूल्य उच्च दर बढेको छ । सबैभन्दा ठूलो गिरावट एनआइशी एसिया लघुवित्तको सेयर मूल्यमा आएको छ ।
४१ हजार ५१ पटकको किनबेचमा ५८ लाख ४२ हजार एक सय ३५ कित्ता सेयर किनबेच भएको छ । दुई अर्ब ९९ करोड रुपैयाँ बराबर कुल सेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सको प्रोमोटर सेयरको मूल्य १३ करोड ६६ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लाग…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

प्रतिक्रिया