६ घण्टा फेसबुक डाउन हुँदा ६ अर्ब घाटा

काठमाडौँ - फेसबुक डाउन हुँदा मार्क जुकरबर्गलाई व्यक्तिगत रूपमा ठूलो नोक्सानी ब्यहोर्नु परेको छ । हिजो सोमबार रातिदेखि डाउन भएको फेसबुक करिब ६ घण्टासम्म पहुँच बाहिर थियो । जसले गर्दा फेसबुकका प्रमुख मार्क जुकरबर्गले केही घण्टाभित्रै छ अर्ब रकम गुमाएका छन् ।
सोमबार बेलुका आएको समस्या पछि फेसबुकले ट्वीटरमार्फत यसको बारेमा जानकारी दिएको थियो । फेसबुक यो समस्या सन् २०१९ देखि यताकै सबैभन्दा ठूलो समस्या हो । २०१९ मा पनि फेसबुकको सेवामा घण्टौं समस्या आएको थियो । फेसबुक डाउन भएसँगै मार्क जुकरबर्ग विश्व धनाड्य सूचीमा छौठौं स्थानमा पुगेका छन् ।
स्मरण रहोस्, नेपाली समयानुसार सोमबार राति करिब ९ बजेदेखि नेपालसहित विश्वभर फेसबुकका सबै सेवाहरू डाउन भएका थिए। फेसबुकका इन्स्टाग्राम, ह्वाट्सएप, ओकुलसका साथै अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन, एटी एण्ड टी र टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प भए । हाल फेसबुकका सेवाह सुचारु भईसकेका छन् । तर शतप्रतिशत हुन अझै केही समय लाग्ने बताइएको छ ।
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_x87gKYqu96_tv5krkvbc46px6stvihbuprjdhdxrhfnouatix0eojwkciiabwqkqotjjk0x.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया