राष्ट्रिय वाणिज्य बैंकको थप सात शाखा विस्तार

काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालय विस्तार गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ ।चन्द्रागिरीको बलम्बु, कागेश्वरी मनोहराको थली, ललितपुरको गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुरको कमलविनायकस्थित कमलविनायक, चितवन जिल्लाको बरुवाबजारस्थित माडी, सिन्धुपाल्चोकको सदरमुकाम साँगाचोकगढीस्थित चौतारामा बैंकले शाखा विस्तार गरेको हो । यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानीस्थित शाखा कार्यालय प्युठानमा शाखा विस्तार गरेको छ ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीको वित्तीय पहुँचमा थप सघाउ पुगि आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त गरे । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखरहित बैंकिङ छ ।

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

प्रतिक्रिया