बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

विराटनगर उड्न लागेको श्री एयरको जहाज रनवेमा चिप्लियो

फाइल फाेटाे

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ । मंगलबार बिहान विराटनगर उड्‍न लागेको जहाज रनवेबाट चिप्लिएर घाँसे मैदानतिर गएको विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एसएसबी राजनाथ बास्तोलाले इकागजलाई जानकारी दिए । 'जहाजमा त्यस्तो कुनै पनि क्षति भएको छैन,' उनले भने ।

गत सोमबार विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण ‍‍‍गर्न नसकेर काठमाडौँ नै फर्किएको थियो । दुई घण्‍टा आकासमै होल्ड‍ भएको जहाज काठमाडौँमा सफतापूर्वक अवतरण भएको थियो ।