पूर्वमन्त्री यादवको नेतृत्वमा सीमानाकामा लगाइएको ढाट तोडियो

जनकपुरधाम : नेपाल भारत सीमानाका खोल्नुपर्ने मांग गर्दै पूर्वउद्योगमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवको नेतृत्वमा सर्लाहीको मलंगवास्थित सीमा नाकामा लगाइएको ढाट तोडिएको छ । बुधवार दिउंसो पूर्वमन्त्री यादवको नेतृत्वमा सर्वपक्षीय सघर्ष समिति सर्लाहीका सदस्य एवं स्थानीय नेताहरू सहितको टोलीले नारा जुलुस गर्दै मलंगवास्थित दश गजामा पुगेर सीमानाकामा लगाइएको ढाट तोडेका हुन् ।
सीमानाका खोल्नुपर्ने सहितका विभिन्न माग राख्दै सर्वपक्षीय संघर्ष समितिले मंसिर २१ गतेदेखि आन्दोलनरत रहेका छन् । सोही क्रममा गोरखकाली प्रहरी चौकी नजिकै रहेको जिल्ला भन्सार कार्यालय अगाडि सीमा सुरक्षाको दृष्टिकोणले सशस्त्र प्रहरीले बन्द गरेर राखेको फलामे ढाट तोडेका छन् ।
सर्वपक्षिय संघर्ष समितिले यथाशिघ्र सीमानाका खोल्नुपर्ने, राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग चालू आर्थिक वर्षमै निर्माण सम्पन्न हुनुपर्ने, लगायतका ५ बुँदे मांग अघि सार्दै अनिश्चितकालिन धर्ना सहितका आन्दोलन जारी राखेका छन् ।
यसअघि सर्वपक्षीय संघर्ष समितिले मंसिर २९ गते साँझ मसाल जुलुस निकालेका थिए भने बुधवार मलंगवा बजार समेत बन्द गराएका छन् । सरकारले अब पनि हाम्रो मागलाई बेवास्ता गरे आन्दोलनलाई अझ कडा बनाउने चेतावनी संघर्ष समितिले दिएको छ ।

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

प्रतिक्रिया