कांग्रेस दोलखा सभापतिमा लामा विजयी

काठमाडौँ - नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा विजयी भएका छन् । सोमबार सम्पन्न दोस्रो चरणको मतदानमा तारा खड्कालाई पराजित गर्दै लामा दोलखाको सभापतिमा विजयी भएका हुन् । दोस्रो चरणको निर्वाचनमा एक हजार तीन सय ७३ मत खसेकोमा लामाले आठ सय ७७ मत पाए ।
प्रतिद्वन्द्वी खड्काले चार सय ८५ मत ल्याए । यसअघि आइतबार सम्पन्न मतदानमा सभापतिका उम्मेदवारहरूले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको थियो ।
पहिलो चरणको मतदानमा रुद्र खड्का तेस्रो भएर बाहिरिएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया