गोवध आरोपी धरौटी तिरेर छुटे
हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा गाई काटेको आरोपमा पक्राउ परेको १० जना मध्ये ९ जना ४० हजार रूपैयाँ धरौटी तिरेर छुटेका छन् । यस्तै एक जना नाबालक रहेकोले अभिभावको जिम्मा लगाएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
सोमबार न्यायाधीस कमल विष्टको एकल इजलासले पक्राउ परेको १० जनामध्ये ९ जनालाई जनरी ४० हजार रुपैयाँ धरौटी तिरेर रिहा गर्न आदेश जारी गरेको थियो । उनीहरूले जनही ४० हजार रूपैयाँ धरौटी बुझाएर छुटेकोे श्रेस्तेदार भट्टराईले बताए । ३ असोजमा प्रहरीले मकवानपुरको बकैयामा गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको थियो ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया