बागमती प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित भलिबल प्रतियोगिता सम्पन्न

हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यालयले आयोजना गरेको अन्तर प्रहरी कार्यालय स्तरीय भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
खेलमा बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन, दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र सशस्त्र प्रहरी गण रातोमाटे गरी पाँच वटा प्रहरी कार्यालको सहभागिता रहेको थियो ।
उक्त खेलमा दंगा नियन्त्रण प्रहरी गण हेटौंडाले प्रथम स्थान हासिल गरेको थियो भने बागमती प्रदेश प्रहरी कार्यालयले दोस्रो स्थान हात पारेको थियो । बिजेता पहिलो र दोस्रो हुने खेलाडीहरूलाई प्रहरी दिवसको कार्यक्रममा नै नगद, मेडल र प्रमाणपत्रसहित सम्मान गरिने कार्यालयले जानकारी दिएको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया