संगठनमा केन्द्रीय नेतृत्व हावी भएको भन्दै अखिल क्रान्तिकारी नेताद्वारा सम्मेलन वहिष्कार

काठमाडौँ – नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) क्रान्तिकारीका नेताले राष्ट्रिय सम्मेलन वहिष्कार गरेका छन् । केन्द्रीय अध्यक्षदेखि नेतृत्व तहका नेताहरूले मनपरि ढंगले नेताहरूलाई जिम्मेवारी दिन लागेको भन्दै करिब ७० प्रतिशत प्रतिनिधि, पर्यवेक्षक तथा स्वंसेवकले सम्मेलन बहिस्कार गरेका हुन् ।
पार्टी केन्द्रीय नेताहरूको पक्ष लिने विद्यार्थी नेताले मात्र एकपक्षीय रूपमा जिम्मेवारी पाएको भन्दै जारी राष्ट्रिय सम्मेलनमा विद्यार्थी नेतहरूबीच वैचारिक बेमेल देखिएको छ । १ हजार ३ सय प्रतिनिधिसहित काठमाडौंमा सुरु भएको क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि सम्मेलन नै वहिष्कार गर्ने स्थिति सिर्जना भएको संगठनका एक नेताले बताए ।
सम्मेलन हलमै अध्यक्षसहितको निर्वाचन गर भन्दै नाराबाजीसहित विद्यार्थी नेताहरू बाहिरिएको उनले जानकारी दिए । सम्मेलन स्थलमा विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङसहित महासचिवमाथिका पदाधकारी बसिरहे पनि त्योभन्दा तल्लो पदका नेताले नाराबाजी गरेको जनाइएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल पक्षबाट अध्यक्ष चयन भएकी पञ्चा सिंहपक्षीय विद्यार्थी नेता कार्यकर्ताहरूले विजयोत्सव गरिरहँदा दाहाल पक्ष इतरका विद्यार्थी नेताले त्यसको विरोध गरेका थिए । सहमतिका आधारमा नेतृत्व चयन गरिने जनाए पनि त्यसको कार्यान्वयन नभएपछि आफूहरू असन्तुष्ट रहेको उनले बताए ।
राष्ट्रिय सम्मेलनबाट पारित विधान नेतृत्व तहबाटै मिचिएको भन्दै संगठनका निवर्तमान सचिव तथा बागमती प्रदेश संयोजक पवन कार्की समर्थकले नाराबाजी गरेका थिए । सो क्रममा दुई पक्षबीच विवाद चर्किएको थियो । क्रान्तिकारीले विधान संशोधन गरेर ३ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ ।
२५ पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान पारित गरेको क्रान्तिकारीले बढाउँदै अहिले ३ सय ९९ पुर्याउने तयारी गरेपछि विधान मिचिएको उनीहरूको भनाइ छ । नाराबाजीलाई मत्थर पार्न सिंहनिकट नेताहरूले अपिल गरे पनि उनीहरूबीच विवाद चर्किएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया