कांग्रेस कालिकोटको वडादेखि जिल्लासम्म सर्वसम्मत

सुर्खेत – कालीकोटमा कांग्रेसले वडादेखि जिल्ला नेतृत्वसम्म सर्वसम्मत चयन गरेको छ । जिल्लाका ८२ वडामध्ये ८१ वडा, नौं स्थानीय तह, दुई प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला नेतृत्वसमेत सर्वसम्मत रूपमा चयन भएको हो । सान्नी त्रिवेणी गाउँपालिकाको तीन नम्वर वडामा मात्र निर्वाचन गर्नुपरेको थियो ।
कालिकोटमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अम्मर शाही चयन भएका छन् । संस्थापन पक्ष र इतरपक्षबीचको छलफलपछि शाहीलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरिएको हो । आइतबार सम्पन्न पाँचौं जिल्ला सभाले सर्वसम्मत रूपमा शाहीलाई सभापतिमा चयन गरेको छ । उनी कांग्रेसका पुराना नेता हुन् । कालिकोटमा सभापतिका लागि देउवा खेमाबाट दमनबहादुर शाहीको दाबेदारी थियो । यस्तै हिक्मत विष्ट, मोतीराज बम, दानबहादुर बमको नाम पनि चर्चामा थियो ।
यसैगरी पार्टी उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही, सचिवमा नगेन्द्र विष्ट र मातृका सिंह चयन भएका छन् । उपसभापति बोगटी र सचिव सिंह कांग्रेस संस्थापन समूहका हुन् भने सभापति शाही, अर्का उपसभापति शाही र सचिव विष्ट पौडेल समूहका हुन् । अन्य कार्यसमिति र प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन् ।
कालिकोट नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको गृह जिल्ला भएकाले उनले सर्वसम्मत रूपमा नेतृत्व चयनमा योगदान गरेका छन् । सभापति पद पाएको पौडेल पक्षले एक सचिव, एक उपसभापति र नौ जना महाधिवेशन प्रतिनिधि पाएको छ भने देउवा पक्षले बहुमत पदाधिकारीसहित १८ जना महाधिवेशन प्रतिनिधि पाएको छ । कार्यसमिति सदस्यहरूमा देउवा पक्षले ६० प्रतिशत र पौडेल पक्षले ४० प्रतिशत पाएको छ । जिल्लामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएकोमा तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले खुसी व्यक्त गरे ।

‘प्रांगारिक प्रदेश’ बनाउने योजनासहित लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

प्रतिक्रिया