कर्णालीका वादी समुदायको दुख: सरकारले सुन्यो तर, केही गरेन

सुर्खेत- गत फागुनमा गाँस बास कपासको माग लिएर आन्दोलन गरेका कर्णालीका वादी समुदायमा अहिले निराशा छाएको छ । मागका विषयमा प्रदेश सरकारसँग पाँच बुँदे सहमति भए पनि कार्यान्वयन नभएपछि उनीहरू निराश भएका हुन् ।
उनीहरू खेतीयोग्य जमिन र जीविकोपार्जनसहितका माग राखेर कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्ना दिएका थिए । वादी समुदायका अगुवा खेम वादीले कर्णाली सरकारसँग लिखित सहमति भए पनि कार्यान्वयन नभएको बताए । ‘वादी समुदाय र कर्णाली सरकारबीच भएको सहमति भएर आन्दोलन स्थगित गर्यौं तर, अहिले हाम्रो अवस्था उस्तै छ’ उनले भने, ‘सहमति कार्यान्वयनको लागि छलफलहरू भइरहेको छ ।’
प्रदेश सरकार सरकार वादी समुदायप्रति गैरजिम्मेवार बनेको वादी समुदायका अगुवा हिक्मत वादीले बताए । उनका अनुसार सरकारले गरेका सहमति कार्यान्वयन नहुँदा वादी समुदायको अवस्था थप जटिल बनेको छ ।
प्रदेश सरकार र वादी समुदायबीच भएको सहमतिमा सरकारले खेतीयोग्य जमिनका लागि संघीय सरकारसँग पहल गर्ने, प्रदेशबाट रोजगारमूलक आय–आर्जनलगायतका कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि कार्यदल बनाएर काम गर्ने भनिएको थियो । प्रदेश सरकारले बनाउने कार्यदलले समुदायको यथार्थपरक प्रतिवेदन पेश गर्ने सहमति भएको थियो । उनले वादी समुदायसँग अब फेरि आन्दोलन गर्नुको विकल्प नरहेको बताए । सम्झौता कार्यान्वयन नहुने अवस्था रहिरहेमा वादी समुदाय आन्दोलनमा उत्रने उनको भनाइ छ ।
गएको फागुनमा बस्ने बास र जीविकोपार्जनको व्यवस्थापन गरिदिन माग गर्दै १७ दिन मुख्यमन्त्री कार्यालय अगाडिको खुल्ला चौरमा वादी समुदायका सयौँ परिवार धर्ना बसेका थिए । सुर्खेतसहित दैलेख, कालीकोट, जाजरकोट, सल्यानलगायतका जिल्लाबाट हजारौको संख्यामा आन्दोलन गर्न वादीहरू वीरेन्द्रनगर आएका थिए । उनीहरू खुल्ला चौरमा निकै कष्टकर दैनिकी चलाए ।
प्रदेश सरकारले भने सहमति भएपछि आन्दोलन स्थगित गरे र उनीहरू आ–आफ्नो ठाउँ फर्किएका थिए । सहमतिअनुसार खेती गर्नलाई जमिन र गाँस, बास पाउने आशमा फर्किएका उनीहरूका माग पूरा गरिएको छैन ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा वादी समुदायलक्षित विशेष कार्यक्रमहरू ल्याउने बताएको थियो । नीति तथा कार्यक्रममा वादी समुदायको शिक्षा, स्वास्थ्य रोजगार, कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी सीपमूलक तालिम र आय–आर्जनका विषयहरू समावेश गर्ने समेत भनिएको थियो ।
वादी समुदायका युवा व्यवसायीहरूलाई सीपमूलक तालिम र घुम्तीकोष खडा गरी १० लाखसम्मको ऋणमा ब्याज अनुदान दिने सरकारले सहमति गरेको हो । उक्त सहमति पनि कार्यान्वयन नभएको वादी समुदायले जनाएको छ ।

दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्य…

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

प्रतिक्रिया