फोर्डको नयाँ गाडी 'फोर्ड एभरेष्ट'को बुकिङ खुल्ला

काठमाडौँ- फोर्ड नेपालले प्रिमियम एसयूभी सेग्मेन्टमा उद्देश्यमा आधारीत क्षमताहरु भएको फोर्ड एभरेष्टको बुकिङ खुल्ला गरेको छ । फोर्ड नेपालले आफ्नो अन्तर्राष्ट्रिय बजारबाट २ सय १३ पीएस पावर र ५ सय एनएम टर्क प्रदान गर्ने नयाँ गाडी न्यू एभरेष्ट २.० लि. वाई-टर्बोको नेपाली बजारमा बुकिङ खुल्ला गरेको घोषणा गरेको छ ।
संसारकै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन र सेलेक्टसिफ्ट सहित जसले सजिलै गति लिन मद्दत गर्दछ र चाहिएको रेन्जमा गियर लक गर्ने लचकता पनि उपलब्ध गराउँछ । ७ वटा एयरब्यागको सुरक्षा,टेरान म्यानेजमेन्ट सिस्टमको क्षमता एडप्टिभ क्रुज कन्ट्रोलको सहजता, आन्टिपिन्च सेन्सर भएको ह्यान्ड्स फ्री पावर लिफ्ट गेट, ८ इन्च टचस्क्रिन सहितको एड्भान्स इन्फोटेन्मेन्ट सिस्टम, डुअल जोन इलेक्ट्रोनिक अटोमेटिक टेक्परेचर कन्ट्रोल, फोर्ड माइकी र अन्य थुप्रै फिचरहरु रहेको जनाएको छ । नेपाली बजारमा फोर्ड एभरेष्टको सुरुवाती मूल्य १ करोड ९९ लाख रहेको छ ।
विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो । परिवारसँगको यात्रा फोर्ड एभरेष्टले एकदमै आरामदायी बनाउने कम्पनी जनाएको छ। ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो छ जसमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउँछ । यस बाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ । यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउँछ ।
'फोर्ड एभरेष्ट को साथ हामी प्रयोगकर्ताहरुलाई उत्कृष्ट क्षमता र क्लास लिडिङ्ग फीचर्स दुवैको उत्कृष्ट संगम भएको आकर्षक एसयूभी उपलब्ध गराउँदै छौं । एभरेष्टमा भएको इनह्यान्स भ्यालु प्रोपोजिसन का कारण यो एसयूभी गाडी नयाँ ग्राहकहरुको पहिलो रोजाइ बन्नेछ भन्नेमा हामीलाई पूर्ण विश्वास रहेको जि.ओ. अटोमोवाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा बताउँछन् ।
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_prv5T7Hrbz_z00y1c9tqju5ugjpqsfekrcfum99l8syoyxghu2vtdw36rghppersozjs0ew.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया