प्रकाशमान सिंहको प्रश्न- पार्टीमा बोल्न पाइँदैन भन्ने तिनीहरू को हुन् ?

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अझै केही जिल्लाको क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेकोमा आक्रोष पोखेका छन् । विवाद समाधान गरेर जानुपर्छ भनेर आफूहरूले आवाज उठाए पनि पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको उनले खुलाए ।
‘दम्भ देखायो भन्छन्, हामीले के दम्भ देखाउने?,’ आफ्नै निवास चाक्सीबारीमा सोमबार बिहान नेता-कारेयकर्तासँग उनले प्रश्न गरे, ‘दम्भ त जो पार्टी सत्तामा छ, संस्थापनमा छ उनीहरूले देखाएका छन्। केन्द्रीय कार्यालयमा कार्यकर्ता धर्ना बसेको ८० दिन नाघिसक्यो, यसमा कुरा उठायो भने पदाधिकारीहरू स्यालको हुइयाँजस्तो पार्टीको आवाज बाहिर उठाउन भएन भन्छन्।’
पार्टी पदाधिकारीहरूले बेलैमा क्रियाशील सदस्यताको विवाद हल गर्नुपर्नेमा त्यसो नगर्दा समस्या भइरहेको उनले बताए। ‘काम चाहिँ गर्न नहुने खालका गर्ने, कार्यकर्ताको मनोबल गिराउने काम गर्ने अनि हामीले यसो गर्न पाइँदैनभन्दा बोल्न पाइँदैन भनेर भन्ने तिनीहरू को हुन् ? यो पार्टीमा सबैको लगानी छ, पदमा पुगेँ भनेर चाकडी गर्ने र गुणगान मात्रै गाउने ?’
उनले १४ औं महाधिवेशनबाट पार्टीलाई सुधार गरेर जानुपर्ने बताए। जिम्मेवार नेताको हातमा नेतृत्व पुर्याउन उनले आग्रह गरेका छन्। काम गर्न सक्ने नेताहरू अब अगाडि बढ्नुपर्ने उनले बताए। उनले असफल नेताहरूलाई अब नेतृत्वमा पुर्याउन नहुने पनि बताए।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया