धनगढी उपमहनगरलाई ल्यापटप हस्तान्तरण

कैलाली - धनगढी उपमहानगरपालिकामा कोभिड-१९ भ्याक्सिनको पूर्व दर्ताका लागि सहज होस् भन्ने उद्देश्यले विभिन्न संस्थाले ल्यापटप र ट्याबलेट हस्तान्तरण गरेका छन् । उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख कृष्णबहादुर बोहराले स्वास्थ्य मन्त्रालयको समन्वयमा डब्ल्युएचओले १४ थान आईप्याड र युनडीपीले ९ थान ल्यापटप उपमहानगरपालिकालाई हस्तान्तरण गरेको बताए ।
समान हस्तान्तरण गर्दै स्वास्थ्य मन्त्रालयका एकीकृत स्वास्थ्य तथा सुचना ब्यबस्थापन शाखाका प्रमुख अनिल थापाले उक्त सामाग्रीले उपमहानगरपालिकालाई खोप पूर्व दर्ता प्रणालीलाई सहज हुने बताए । धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले उपमहानगरपालिकाले १९ वटै वडाका खोप लाउन बाकी रहेकाहरूको खोप पूर्व दर्ता प्रक्रियाका लागि प्राप्त सामाग्रीहरूले निकै सहज हुने बताउदै सहयोग गर्ने संस्थालाई धन्यवाद दिए । उनले खोप लाउन छुटेका वडाबासीहरूको घरघरमा पुगेर स्वास्थ्य स्वयंसेवीकाहरुले खोप पूर्व दर्ता गर्ने समेत बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया