खुकुरी प्रहारबाट रुपन्देही एक मजदुरको हत्या
बुटवल- रुपन्देहीमा खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ । आइतबार राति रुपन्देही जिल्लाको शुद्धोधन-३ बेतानीमा एक प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता ३ का अवदेश चमारको सोही उद्योगमा कार्यरत अर्का भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी हत्या गरेका ह'न् ।
हत्या किन गरिएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले बताए । उनका अनुसार मादक पदार्थ सेवन गरेका मजदुरबीचमा विवाद भएको र त्यसपछि खुकुरी प्रहारको अवस्था सृजना गरेको देखिन्छ । रविले अवदेशलाई खुकुरी हानेपछि उनका पिता गोपिचन्दलाई समेत प्रहार गरेका थिए । खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवदेशको बाटोमै मृत्यु भएको र उनका पिता र प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको थापाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । उक्त घटनाबारे अवदेशकासँगै काम गर्ने साथीले रवि र आफुहरू बेग्लै ठाउँमा सुत्ने गरेको र आइतबार बेलुका भनेसँगै सुत्ने क्रममा अवदेशले नसुतेर किन हल्ला गरेको भनी प्रश्न गर्दा रविले खुकुरी हानेको बताएका छन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया