मुनामदन सम्झाउने विदुरको ‘राजाको हात्ती’

काठमाडौँ - खाडीको यात्रा नेपालीहरुको सबैभन्दा तीतो यथार्थ हो । यो यथार्थलाई सर्जकहरुले अनेक शब्द र लयमा अभिव्यक्त गर्दै आएका छन् । यही सिलसिलालाई निरन्तरता दिँदै गीतकारको रुपमा अगाडि आएका छन् विदुर तिमल्सिना ‘देवदूत’ ।
उनले ‘राजाको हात्ती’ बोलको गीत सार्वजनिक गर्दै सामाजिक गीत लेखनको परम्परालाई अगाडि बढाएका छन् । आइतबार मात्र सार्वजनिक भएको यो गीतमा उनले आफ्नो परिवारलाई छाडेर विदेश जानुपर्ने परिस्थितिलाई शब्दमा जीवन्त पारेका छन् ।
चाडबाडको मुखमा श्रीमती छाडेर प्रवासी बन्नुपर्ने पीडा समेटिएको गीतलाई पुस्तक प्रसादले संगीत दिएका हुन् । गीतमा स्वर दिनेश गौतम र अनु सिंहको रहेको छ ।
गीतले परिवारसँग छुटेर आधा जिन्दगी बाँच्न नपरोस् कुरालाई मार्मिक हिसाबले अभिव्यक्त गरेको छ ।
गीतलाई भिडियोले पनि न्याय गरेको छ । श्रीमान् श्रीमतीको रुपममा मुकुन भुसाल र सृष्टि खड्काले मनछुने अभिनय गरेका छन् । भिडियोलाई प्रिन्स डेनियलले निर्देशन गरेका हुन् भने वसन्त अधिकारी भिडियोको एसोसिएट निर्देशक हुन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भिडियोले मुना मदनको कथालाई अभिव्यक्त गर्ने प्रयास गरेको छ । गीत नयाँ नयाँ न्युज च्यानल नामको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया