चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र बनाएको सरकारी निकायको दाबी

काठमाडौँ – दसैं, तिहारलगायत चाडपर्व नजिकिएसँगै सरकारी निकायले बजार अनुगमनलाई तीव्रता दिएको दाबी गरेका छन् । आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘बजार अनुगमन र शान्ति सुरक्षाको अवस्था’ विषयक चेतनामूलक अन्तरक्रिया कार्यक्रम’मा बोल्दै सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले यस्तो बताएका हुन् ।
चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्रता दिएको साथै शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाएको उनीहरूको भनाइ छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वाणिज्य विभागको जनशक्ति कम भए पनि बजार अनुगमनलाई प्रभावकारी बनाउन काम गरेको बताए । उपभोक्ताको हित र अधिकारलाई राजनीतिक नेतृत्वले प्राथमिकता दिन नसकेको उनको भनाइ छ । स्थानीय जनप्रतिनिधिलाई बजार अनुगमनको जिम्मेवारी दिँदा प्रभावकारी रूपमा बजार अनुगमन हुन नसकेको उनले उल्लेख गरे ।
नेपाल आयल निगमका उपकार्यकारी निर्देशक सुशील भट्टराईले चाडपर्वको समयमा पेट्रोलियम पद्धार्थको आपूर्ति सहज रूपमा हुने बताए । पेट्रोलियम पद्धार्थको माग अनुरूप आपूर्ति गर्न आयल निगम सक्षम रहेको उनको भनाइ छ । गुणस्तर र परिणामको सन्दर्भमा कुनै गुनासो भए निगमलाई जानकारी गराउन पनि उनले आग्रह गरे । महानगरीय प्रहरी प्रभाग उपत्यका प्रहरीका प्रवक्ता सुशीलसिंह राठौरले उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको बताए । उनले आर्थिक अपराध, चोरी, लुटपाट, ठगीलगायतका घटना नियन्त्रणका लागि उपत्यकामा थप ७ हजार ५ सय भन्दाबढी प्रहरी परिचालन गरीएको बताए ।
व्यापारिक केन्द्रलाई प्रहरी निगरानीमा राखिएको उनले जनाए । उपत्यकामा १ सय ३१ स्थानमा ट्राफिक प्रहरी राखिएको, ३९ ठाउँमा थप मोबाइल गस्ती राखिएको, ८० ठाउँमा पैदल गस्ती राखिएको, २८ ठाउँमा हेल्पडेस्क राखिएको पनि उनले जानकारी दिए । हाल उपत्यकाको शान्ति सुरक्षा सामान्य रहेको जनाउँदै ढुक्क भएर चाडपर्व मनाउन र कुनै असुविधा भएमा प्रहरीको सेवा लिन प्रवक्ता राठौरले आग्रह गरे । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका निमित्त महानिर्देशक शिवराज सेढाईले उपभोक्ता अधिकार र बजार अनुगमनमा सबै उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

प्रतिक्रिया