व्यापारीले मनोमानी ढंगले गाडी भाडा असुलेपछि तात्यो यातायात विभाग

काठमाडौँ - विभिन्न स्थानमा सार्वजनिक सवारीसाधनहरूले मनोमानी ढंगले भाडा असुलेको गुनासो बढेपछि यातायात व्यवस्था विभागले कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेको छ ।
संघीय सरकारको कार्यविस्तृतीकरण प्रतिवेदन अनुसार एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने सार्वजनिक सवारीका साधनको भाडादर समायोजन गर्ने अधिकार संघीय सरकारलाई छ । एउटा प्रदेशभित्र मात्र सञ्चालन हुने सार्वजनिक सवारीका साधनहरूको भाडादर समायोजन गर्ने अधिकार सम्बन्धित प्रदेश सरकार र एउटा स्थानीय तहभित्र मात्र सञ्चालन हुने सार्वजनिक सवारीका साधनहरूको भाडादर समायोजन गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई रहने प्रतिवेदनमा उल्लेख छ ।
यो व्यवस्था अनुसार विभागले यातायात व्यवसायीहरूसँग वार्ता र सहमति गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा आसार २९ गतेदेखि लागू हुने गरी एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने सार्वजनिक सवारीका साधनको भाडादर समायोजन गरिसकेको छ ।
एउटा प्रदेश र स्थानीय तहभित्र मात्र सञ्चालन हुने सार्वजनिक सवारीका साधनको भाडादर सम्बन्धित प्रदेश सरकारसँग वार्ता र सहमति गरी समायोजन भएपछि मात्र गर्नु पर्ने कानूनी व्यवस्था रहेकाले मनोमानी भाडा नअसुल्न विभागले चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'अतः सम्बन्धित प्रदेश तथा स्थानीय तहबाट कानून अनुसार भाडादर समायोजन नभएसम्म एउटै प्रदेश र स्थानीय तहभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरूको हकमा यस विभागबाट मिति २०७८ आषाढ २९ गतेबाट लागू गरिएको भाडादर समायोजन लागू नहुने व्यहोरा यसै सूचनाबाट सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।'
विभागको सूचनाको वर्खिलाप हुने गरी भएका भाडा असुली लगायतका कार्यहरू प्रचलित कानून बमोजिम कारवाहीको भागिदार हुने चेतावनी दिएको छ ।

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

प्रतिक्रिया