५५ अंकले खस्कियो बजार, चार अर्बको कारोबार

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक ५५.९३ अंकले खस्किएको छ । २.१२ प्रतिशतले घटेर नेप्से २५७७.४९ बिन्दुमा पुगेको हो । फाइनान्स समूहको परिसूचकमा ठूलो गिरावट आएको छ । होटल एन्ड टुरिजम्, जलविद्युत् र इन्भेष्टमेन्ट समूहको परिसूचकमा ३ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।
बैंकिङ समूहको परिसूचक १.५७ प्रतिशतले घटेको छ । सेयर बजारमा ठूलो गिरावट आउँदा पनि मैलुङ खोला जलविद्युत्को सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ ।५२ हजार ३ सय ९१ पटकको कारोबारमा ८९ लाख ४७ हजार ९ सय ३७ कित्ता सेयर किनबेच भएको छ । चार अर्ब ११ करोड ३८ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ ।

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

प्रतिक्रिया