डेढ वर्षपछि खुल्यो वेलहिया नाका

बुटवल - स्थलगतमार्ग हुदै सबैभन्दा बढि पर्यटक भित्रिने वेलहिया नाका डेढ वर्षपछि संचालनमा आएको छ । समान आयत निर्यातका हिसाबले समेत महत्वपूर्ण मानिने यो नाका कोभिड १९ का कारण बन्द थियो ।
२०७६ चैत्र १० गते देखी नेपाल–भारत सीमा बन्द रहेको थियो । यसबीचमा सरकारले नाका खुला गर्ने हुने संकते गरे पनि कोभिड दोश्रो चरण देखिएपछि खुला हुन सकेको थिएन् । १८ महिनादेखि लगातार बन्द भएको नेपाल–भारत नाका असोज ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले खुलाउने निर्णय गरेको थियो ।
मन्त्रीपरिषद्ले निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालयमा स्पष्ट परिपत्र नआउँदा नाका सुचारु हुन सकेको थिएन । शुक्रबार नेपालले भारतीय निजी गाडीहरू प्रवेश सुरु गरे पनि भारतीय सुरक्षा बलले त्यसलाई रोकको थियो । आईतबारदेखी भने एसएसबीले समेत नाका सहज गरेको छ । रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आजदेखी एसएसबीले पनि भारतीय गाडी नरोकेको जानकारी दिए ।
भारत हुँदै नेपाल भित्रिने यात्रु र पर्यटकले भने केही मापदण्ड पालन गर्नु पर्ने हुन्छ । प्रजिअ तिवारीका अनुसार नेपाली यात्रुको हकमा सीमामै सामान्य स्वास्थ्य परिक्षण गरिने र शंकास्पदलाई त्यही एन्टीजेन परीक्षणको व्यवस्था समेत रहेको छ । एन्टिजेनमा पनि पोजिटिभ देखिएकालाई पीसीआर परीक्षण गरी नतिजा अनुसार व्यवस्थापन गरिनेछ ।
यस्तै भारतीय पर्यटकले भने ७२ घण्टे पिसिआर रिपोर्ट देखाइ सिसिएमसीद्वारा निर्धारित फारम भरेर नेपाल प्रवेश गर्न पाउने तिवारीले जनाए । उनले भारतीयको हकमा पूर्ण खोप भने अनिवार्य नरहेको जानकारी दिए । यसै गरी तेस्रो मुलुकका पर्यटकको हकमा ७२ घण्टे पीसीआर रिपोर्टसहित कोभिडविरुद्धको पूर्ण खोप लगाएको कागजात पनि आवश्यक पर्ने प्रजिअले जनाए भारतीय पर्यटक र यात्रु सहित निजि भारतीय सवारी नेपाल भित्रिने निर्णयले यहाका पर्यटन व्यवसायी तथा होटल व्यवसायीहरू हर्षित भएका छन् ।
कोभिडको कारण लामो समय देखी थला परेको पर्यटन व्यवसाय यो निर्णय संगै अब उकासिने उनिहरुको भनाई छ । हुन त यस अघि पनि दुर्व देशका नागरिकहरु सीामाबाट आरपार गर्ने गरे पनि आफ्नै सवारी नहुदा लामो दूरी भने तय गरेका थिएनन् । अहिले आफ्नै साधनबाट नेपाल भित्रिएपछि भैरहवा तथा यस आसपास मात्र हैन अधिकांश भारतीयको रोजाईमा पर्ने पोखरा, सौराहा, काठमाडौँ लगायतका स्थानमा पनि उनीहरू पुग्ने पर्यटन व्यवसायीको भनाइ छ ।

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

प्रतिक्रिया