पप गायकको कमजोर कमब्याक

काठमाडौँ - ५०/६०को दशकमा चर्चामा रहेका पप गायकले गायनमा अझै हार मानिसकेका छैनन् । फाट्टफुट्ट गीत निकालिरहेका छन् । तर, उनीहरूका गीतले पहिलाको तुलनामा बिर्सन लायक स्रोता र दर्शक पाइरहेका छन् ।
पहिलो पप गायकको रुपमा सम्बोधित हुँदै आएका ओमविक्रम बिष्टले दुई दिनअघि मात्र नयाँ गीत सार्वजनिक गरेका छन् । ‘उनी आउने’ बोलको यो गीतमा अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले अभिनय गरेका छन् । नेपालका थुप्रै अनलाइनमा यसको समाचार पनि आएको छ तर यो गीतको भ्युज मुस्किलले ४ हजार कटेको छ ।
फिल्मभन्दा कम प्रचार थिएन निमा रुम्बाको स्वरमा सार्वजनिक भएको ‘पागल प्रेमी २’ गीतको । टिजर नै फिल्मको जस्तो थियो । यो पनि अमेरिकामामै छायांकन भएको थियो । हप्ता दिनअघि सार्वजनिक भएको निमा रुम्बाको यो गीतले पनि दर्शक भेट्न सकेको छैन । यो गीत पनि मुस्किलले २ लाख कटेको छ ।
थकाइ नमारी सक्रिय रहेका नबिन के भट्टराईले पनि एक महिनाकै बीचमा दुई दुई गीत सार्वजनिक गरेका थिए । तर, नबिनका दुवै गीतमा दर्शकले पहिलेको जादु महसुस गर्न सकेनन् । बजारमा प्रेमी–प्रेमिकाको रुपमा रहेका वर्षा सिवाकोटी र राज कटुवाललाई खेलाउँदा पनि भिडियोमा भ्युज छैन ।
‘सम्झिरन्छु’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र उनका प्रेमी राज कटुवाल फिचर्ड छन् । रिलिजको एक महिनामा बल्ल यो गीतले १ लाख भ्युज पाएको छ । यो पछि रिलिज भएको नबिनकै ‘खाली यो मनमा’ बोलको गीतको त झनै माया लाग्दो स्थिति छ । यो गीत अहिलेसम्म बल्ल ३७ हजारले हेरेका छन् ।
नबिन के भट्टराईले संगीतमा कमब्याक गरेको भन्न मिल्दैन । नबिन के भट्टराई निरन्तर गीत निकालिरहेका छन् । तर ओमविक्रम बिष्ट र निमा रुम्बा भने लामो समयपछि गायनमा फर्किएका हुन् । युट्युबको भ्युजलाई कुनै पनि गीतको सफलताको मापक मान्नु गलत हुन्छ तर माथि उल्लेखित तीनै गायकका अडियोमा पनि ताजापन महसुस गर्न सकिन्न । अडियो कमजोर हुँदा पप गायकको कमब्याक फितलो देखिएको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया