दसैँ सम्झाउँदै पुष्प र तनुजा

काठमाडौँ- विगत ८ बर्षदेखि अष्ट्रेलियामा रहँदै आएका गायक नरेश रेग्मीले दशैंलाई लक्षित गर्दै नयाँ गीत ‘आयो दशैं’ सार्वजनिक गरेका छन् । यो गीतमा नरेश र गायिका देवी घर्तीको स्वर छ ।
गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । यो गीतमा दशैं नजिक आउँदा पनि प्रेमी प्रेमिका वाध्यताले टाढा हुनु परेको पीडा व्यक्त गरिएको छ ।
यो गीतको भिडियोमा नायक पुष्प खड्का र नव–मोडल तनुजा वलीको अभिनय छ । तनुजाले यही गीतबाट म्युजिक भिडियोमा डेब्यू समेत गरेकी हुन् ।
नरेशले १५ बर्षदेखि सांगीतिक क्षेत्रमा आफूलाई अगाडि बढाएका छन् । उनले एक दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् । साथै, अष्ट्रेलियामा रहेर उनी गीतसंगीतमा सक्रिय छन् । यो गीतको भिडियोलाई विक्रम चौंहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।
Start at 0:00

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया