एनआरएनए चुनावमा समन्वय गर्न कांग्रेसले खटायो आठ नेता

काठमाडौं - गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न दशौं महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन भन्दै समन्वयका लागि नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयकाअनुसार विभिन्न पाँच वटा क्षेत्रमा ती नेताहरूले समन्वयकारी भूमिका निर्वाह गर्ने छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरूलाई नेताहरूको नामावलीसहित पत्राचार गरेका छन् ।
कांग्रेसले यसअघि नै संघको निर्वाचनमा कुल आचार्य नेतृत्वको लोकतन्त्रवादी समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ । आचार्यले १० असोजमा काठमाडौंमा विशेष समारोहको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया