कांग्रेस अधिवेशनः जुम्लाका प्रदेश सभा समितिमा बोहोरा र बुढा विजयी

कर्णाली - नेपाली कांग्रेस जुम्ला प्रदेश ‘क’ र ‘ख’ को क्षेत्रीय कार्यसमिति र प्रदेश क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेश अन्तर्गत शनिबार क्षेत्रीय अधिवेशन सम्पन्न भएको थियो ।
निर्वाचनमा प्रदेश ‘क’का सभापति लक्षिमन बोहोराले खसेको मत ४९८ मा २४९ मत ल्याएर विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नारायण (विष्णु) शाहीले २३१ मत प्राप्त गरे । त्यस्तै उपसभापतिद्वय रुपबहादुर रोकायले २७९ र तिलकप्रसाद न्यौपानेले २५० मत प्राप्त गरी विजयी भए ।
त्यस्तै प्रदेश ‘ख’को निर्वाचनमा सभापतिमा कालीबहादुर बुढा विजयी भएका छन् । उनले कूल खसेको ४९० मतमा २४२ मत प्राप्त गरेका सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार उपसभापतिद्वय दानसिंह खत्रीले २६६ र कालीबहादुर बुढाले २५४ मत ल्याएर विजयी भए ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया