मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

एमाले विधान महाधिवेशन आज समापन हुने

काठमाडौं - नेकपा एमालेको विधान महाधिवेशनको आज (आइतबार) अन्‍तिम दिन । ६ हजारभन्दा बढी प्रतिनिधिबीच शुक्रबारदेखि सुरु भएको महाधिवेशन आज सकिँदैछ । अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमाथि छलफल गर्न गठित  १० वटा समूह मध्ये ५ समूहले शनिबार नै आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन् ।

बाँकी पाँच समूहले रिपोर्ट प्रस्‍तु गर्दैछन् । शनिबार कर्णाली प्रदेश समूह, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूह, लुम्बिनी प्रदेश समूह, सुदूरपश्चिम समूह र बागमती प्रदेश समूहले छलफलको रिपोर्ट प्रस्तुत गरेका हुन्। 

आज प्रदेश १ समूह, प्रदेश २ समूह, गण्डकी प्रदेश समूह, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरूको समूह र जनसंगठनहरुको समूहको तर्फबाट रिपोर्ट प्रस्तुत हुनेछ। १ बजे दस्तावेज प्रस्तुतकर्ता ओली, पोखरेल र पौडेलले जवाफ दिनेछन् । ४ बजे महाधिवेशन समापन गर्ने कार्यसूची राखिएको छ ।