पशुपति स्वच्छता अभियान तेस्रो हप्तामा

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र स्वच्छ अभियान तेस्रो हप्तामा प्रवेश गरेको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा २ असोजदेखि सुरु भएको अभियानका क्रममा शनिबार पशुपति क्षेत्रका मठमन्दिरमा सफाइ गरिएको छ । सफाइमा कलाकार शिव श्रेष्ठ, कोषका सदस्यसचिव डा. मिलनकुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायतको उपस्थिति थियो ।
पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आकर्षण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले पशुपति स्वच्छता अभियान सुरु गरिएको हो । पशुपति क्षेत्रमा प्रत्येक हप्ता शनिबार अयिभानकर्मी, कोषका पदाधिकारी एवम् कर्मचारीको सक्रियतामा यो अभियानलाई निरन्तरता दिइने छ । अभियानका क्रममा स्वयम्सेवीका रूपमा पशुपति क्षेत्रमा काम गर्न चाहने संघसंस्थालाई स्वैच्छिक आमन्त्रण गरिएको कोषले जनाएको छ ।

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया