एभरटनसँग रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभरटनसँग १-१ को बराबरीमा रोकिएको छ । ओल्ड ट्राफोर्डमा युनाइटेडले पहिलो हाफमै अग्रता लिए पनि दोस्रो हाफमा एभरटनले गोल फर्काएपछि खेल बराबरीमा सकियो ।
घरेलु टिमका लागि एन्थोनी मार्सियलले ४३ औँ मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगको जारी सिजनमा दोस्रो पटक युनाइटेडको पहिलो एघारमा परेका फ्रेन्च फरवार्डले ब्रुनो फर्नान्डेजको पासमा आर्कषक गोल गरेका थिए ।
बल पोसेसन र गोलको मौका सिर्जना गर्ने मामलमा तुलनात्मक रुपमा कमजोर देखिएको एभरटनले दोस्रो हाफमा गोल फर्कायो । विंगर आन्दे्रस टाउन्सेन्डले ६५ औँ मिनेटमा मार्सियललेझैँ लोभलाग्दो फिनिसिङ गरे । गोलकर्ता टाउन्सेन्डले युनाइटेडका क्रिस्टियानो रोनाल्डोको ‘गोल सेलब्रेसन’को नक्कल पनि गर्न भ्याए ।
यो बराबरीसँगै युनाइटेड, एभरटन र शीर्षस्थानको लिभरपुलको अंक बराबरी भएको छ । युनाइटेड र एभरटनको सात–सात खेलबाट समान १४-१४ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुलको पनि उति नै अंक छ ।
गोल भिन्नताका आधारमा लिभरपुल शीर्षस्थानमा छ भने युनाइटेड र एभरटन क्रमशः दोस्रो र तेस्रो स्थानमा आसिन छन् । चौँथो, पाँचौँ र छैँटो स्थानमा रहेका म्यानचेस्टर सिटी, चेल्सी र ब्राइटनको पनि १३-१३ अंक छ ।

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

प्रतिक्रिया