अध्यादेशविरुध्द सर्वोच्चमा दर्ता भए तीन रिट
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई चुनौती दिंदै सर्वोच्च अदालतमा तीन वटा रिट दर्ता भएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश आर्याल र कञ्चनकृष्ण न्यौपानेले अध्यादेशलाई चुनौती दिंदै छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।
तीन वटै रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालय, मन्त्रिपरिषद्, संवैधानिक परिषदका अध्यक्ष, सचिवालय र त्यसका सदस्य सबैलाई प्रतिपक्ष बनाइएको छ ।
ती पेसीको शुक्रबार पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल परिषदको बैठक राख्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया