महात्मा गान्धीको १५२औं जन्मजयन्ती मनाइयो

काठमाडौँ– स्वतन्त्र भारतको लागि अंग्रेजराज विरुद्ध अहिंसा र सत्याग्रहको आन्दोलन गर्ने महात्मा गान्धीको १५२औं जयन्तीका अवसरमा नेपालका लागि भारतका कार्यवाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेकी छिन् । भारतीय राजदूतावास बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा शिभाता लभ फाउन्डेसनले सो कला प्रदर्शनीको आयोजना गरेको हो । उक्त प्रदर्शनी सर्वसाधारणका लागि २०७८ आश्विन १७ देखि २२ गते सम्म खुला रहने बताइएको छ ।
भारतमा गान्धीलाई राष्ट्रपिता मानिन्छ । गान्धी दर्शनलाई विश्वभर पुर्याउने कार्यलाई भारतले प्राथमिकतामा राख्दै आएको छ । भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको सम्झना गर्न भारत सरकारले अघि सारेको ‘आजादी का महोत्सव’ को एक कार्यक्रमको रुपमा गान्धी जयन्ती मनाइएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ । गान्धी जयन्तीको अवसरमा नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा ‘स्तन तथा पाठेघर क्यान्सर जाँच एवम् जनचेतना कार्यक्रम’ को आयोजना गरिएको थियो ।
भारतीय राजदूतावासको सहयोगमा भारतीय नागरिक संघ नेपाल (आईक्यान) ले सोही भवनमा रक्तदान शिविरको आयोजना गरेको हो । उक्त शिविरमा दूतावासका अधिकारी, भारतीय समुदाय तथा नेपालमा रहेका भारतका मित्रहरुको सहभागीता रहेको भारतीय दूतावासले जनाएको छ ।
शनिबार नै नेपाल–भारत पुस्तकालयमा पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुको उपस्थिति थियो । पुस्तकालयमा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित एक चलचित्र प्रदर्शन गर्नुका साथै महात्मा गान्धीको विषयमा हाजिरीजवाफ प्रतियोगिताको पनि आयोजना गरिएको थियो । गान्धी जयन्तीका अवसरमा शनिबार बिहान भारतीय दुतावास प्राङ्गणमा स्थित गान्धीको शालिकमा दूतावासका अधिकारीहरू माल्यार्पण गरि सम्मान प्रकट गरेका थिए ।

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया