तजबिजमा ५ अर्ब रुपैयाँ बाँड्ने अर्थमन्त्री शर्माको प्रस्ताव अघि बढेन, कार्यविधि सुधार गर्नुपर्ने

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ का कारण रोजगारी र आयआर्जनका अवसर गुमाएका अति विपन्न ५ लाख घरपरिवारलाई प्रति परिवार १० हजार रुपैयाँ राहत दिने प्रस्ताव तत्काललाई रोकिएको छ ।
प्रतिस्थापन बजेटको बुँदा नं. २० मा मन्त्री शर्माले रोजगारी र आयआर्जन गुमाएका अति विपन्न गरिब ५ लाख घरपरिवारलाई एक पटकका लागि निश्चित मापदण्डका आधारमा राहतस्वरूप प्रतिपरिवार १० हजार रुपैयाँ नगद अनुदान दिने व्यवस्था उल्लेख छ ।
रोजगारी र आय आर्जन गुमाएका गरिब घरपरिवारलाई उक्त सहयोग दिने मापदण्ड निर्धारण गर्नेगरी अर्थ मन्त्रालयले तयार गरेको कार्यविधि मन्त्री शर्माले मन्त्रिपरिषद्मा पेस गरेका थिए । यद्यपि मन्त्रिपरिषद्ले त्यसलाई रोकेको छ ।
‘गरिब घरपरिवार पहिचानको समस्या छ । फेरि सरकारले सहयोग दिदाँ सही ठाउँमा पुग्नु त्यत्तिकै जरुरी छ,’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने, ‘यसमा थप अध्ययनको जरुरी देखियो ।’
मन्त्रिपरिषद्ले यो कार्यविधि थप अध्ययनका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा पठाएको छ । कोभिड–१९ बाट आयआर्जन अवसर वा रोजगारी गुमाएको तथ्यांक र विवादरहित ढङ्गले गरिब पहिचान गर्ने सुनिश्चितता कार्यविधिमा नभइ यो कार्यक्रम कार्यान्वयनमा जान नसक्ने भन्दै मन्त्रिपरिषद्ले यसलाई थाती राख्दै कार्यविधिमा थप सुधारको आवश्यकता औंल्याएको हो ।
मन्त्री शर्माले भने दशैं अघि.नै राहत स्वरूप ५ लाख परिवारलाई प्रतिपरिवार १० हजार बाँड्ने प्रस्ताव गरेका थिए ।
५ लाख परिवारलाई प्रतिपरिवार १० हजार बाँड्ने प्रतिस्थापन बजेटको व्यवस्था

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

प्रतिक्रिया