मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक

काठमाडौं- नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन टु द फेस्टिभिटिज विथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्नु पाउने छन् । नेपाली बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दसैं योजना ल्याएको बताएको छ ।
सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । र्यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ ।
ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउने छन् ।
नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरिएन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टीएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो ।
दुई महिनाअघि सार्वजनिक गरिएको स्कोडा कुशाक कारपारखीमाझ स्थापित भइसकेको छ । बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिंङ फनका कारण स्कोडाका कार निकै लोकप्रिय भएको कम्पनीको भनाइ छ ।

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

प्रतिक्रिया