मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

कांग्रेस मुस्ताङ सभापतिमा रोमी गौचन सर्वसम्मत

काठमाडौँ - कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मुस्ताङको जिल्ला सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले गौचनलाई सर्वसम्मत जिल्ला सभापतिमा चयन गरेको हो । १४औँ महाधिवेशन अन्तर्गत विजयी हुने उनी पहिलो जिल्ला सभापति हुन् । जिल्ला सभापतिमा चुनिएका गौचन पूर्ववाणिज्य मन्त्री समेत हुन् ।