कांग्रेस नेता प्रकाशमान सिंहको प्रश्न: अरुको झोलामात्रै उपत्यकावासीले कहिलेसम्म बोक्ने ?
'सभापति देउवा र नेता पौडेललगायतले विश्राम लिनुपर्छ'

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट आफूलाई सभपाति जिताउन आग्रह गरेका छन् । शनिबार काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले उपत्यकावासीले बाहिरबाट आएका नेताहरूलाइ मात्रअघि बढाएको भन्दै दुखेसो पोखे ।
नेता सिंहले उपत्यकाले आफ्नो नेतालाई सधै सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरू पछि परेको उल्लेख गरे । 'उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति छ,' उनले भने, 'अरुको झोला उपत्यकावासीले कहिलेसम्म बोक्ने ?'
उनले १४ औं महाधिवेशनबाट पार्टीलाई जिवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न अघि बढेको बताए । 'काठाडौमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो?,' उनले प्रश्न गरे ।
उनले काम गर्न नसक्नेहरूको गुणगान नगाउन कार्यकर्तालाई आग्रह गरे । वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले विश्राम लिनुपर्ने उनले बताए । '१३ औ महाधिवेशन पश्चात् उहाँहरूले अवसर पाएकै हो नि, तर क्रियाशील मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन,' उनले भने-'अनी किन गुणगान गाउने?'
नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आउ भन्ने अवस्था आएको बताए । आफूले २०७४ सालमा कांग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवालाइ असफल नेता भएकाले राजीनामा दिन माग गरेको बताए । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई वाइपास गरेर शक्ति प्रदर्शन गरेको सिंहको आरोप थियो ।
सभापति देउवाले लोकतान्त्रिक दल नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको आरोप लगाए । 'पार्टी सभापतिकै जिल्लाको अनशन पार्ट अफिसमा, जिल्ला सभापतिलाई शक्ति देखाएर वाइपास गरेको छ,' उनले भने-'देश लोकतान्त्रिक बनाउने पार्टीलाई लोकतान्त्रिक भन्ने तर आफ्नै पार्टीको लोकतन्त्रलाई वेवास्ता गर्ने,?' उनले भने ।
पार्टीको सिद्धान्त आदर्श र लोकतन्त्रका लागि गरेको संघर्षले कांग्रेसलाई विश्व समूदायमा चिनारी दिएको भन्दै पार्टीको महत्व बुझ्नु आजको आवश्यक्ता भएको सिंहले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया