अर्जुनको ‘चुपचाप’मा नम्रता र रोशनको प्रेम

काठमाडौँ- नायिका तथा मोडल नम्रता सापकोटा र गायक तथा मोडल रोशन अधिकारीको प्रेमले भरिएको गीत ‘चुपचाप’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतको भिडियो एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो गीतका गीतकार एवं संगीतकार अर्जुन पोखरेल, निर्देशक विधान कार्की र मोडल नम्रता सापकोटाले गीतको भिडियो सार्वजनिक गरे ।
नेपासिनेले द डिभाइन म्युजिकसँगको सहकार्यमा तयार पारेको यो गीतमा रोशन अधिकारी र अस्मिता अधिकारीको स्वर छ । गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत भरेका छन् ।
यो गीतको भिडियोमा मोडलद्धय रोशन अधिकारी र नम्रता सापकोेटाले अभिनय गरेका छन् । पत्रकार सम्मेलनमा उपस्थित नायिका नम्रताले यो गीतको भाव अनुसार आफूले काम गरेको बताइन् ।
निर्देशन विधान कार्कीले भिडियोलाई रोमान्टिक शैलीमा तयार पारेका छन् । उनले, रोशन र नम्रताको केमेष्ट्रीलाई गज्जबले उतारेका छन् । भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोका एसोसियट निर्देशक माधव शर्मा हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया