कामना सेवा विकास बैंकद्वारा ‘युनिफोकल रिडिङ ग्लास’ सेवा सुरु

काठमाडौँ- कामना सेवा विकास बैंकले आजबाट ‘युनिफोक रिडिङ ग्लास’ सेवा सुरु गरेको छ। ग्राहकको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पतालसँगको सहकार्यमा बैंकले विश्व दृष्टि दिवसका अवसरमा बैंकले सो सेवासरु गरेको हो ।
विश्व स्वास्थ्य संघले तय गरेको ‘आँखालाई माया गरौँ’ भन्ने नारालाई आत्मसात गरी विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज होस् भन्ने उद्देश्यका साथ नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक ‘युनिफोकल रिडिङ ग्लास’ सेवा सुरु गरेको हो ।
बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोख्रेलले संयुक्त रुपमा आज एक समारोहबीच उक्त सेवाको शुभारम्भ गरेका हुन्। यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था हो।
बैंकले यसअगाडि पनि दृष्टिविहीन व्यक्तिहरुलाई समेत आफैँ खाता खोली बैंकिङ कारोबार गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले ब्रेललिपि प्रयोग गरी बचत खाता सञ्चालनमा ल्याइसकेको छ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_XLgFUOk3vJ_qurseim8nmihpb1m3i5hzcudcn1vyfeeu3n4aufc2e1aynnfjbkx1ohyt85y.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया