चन्द्रागिरिमा कतारको ‘फुड फेस्टिभल’

काठमाडौँ – नेपालस्थित कतारी दूतावासले चन्द्रागिरि हिलमा फुड फेस्टिभल आयोजना गरेको छ । कोभिड–१९ संक्रमणका कारण निकै अघिदेखि गर्न नसकेको फुड फेस्टिभल दूतावासले शुक्रबार आयोजना गरेको हो ।
दूतावासले गत फेब्रुअरीमा नै फुड फेस्टिभल आयोजना गर्ने तयारी गरे पनि कोभिड–१९ को संक्रमण दर बढेकाले स्थगित गरेको थियो । अहिले कोभिड संक्रमण घटेको अवस्था भएकाले मानिसहरूको चहल पहल बढेको साथै सबैमा फेस्टिभ मुड देखिएको अवस्थामा फुड फेस्टिभल आयोजना गरिएको दूतावासले जनाएको छ ।
चन्द्रागिरि हिल्समा आयोजित फेस्टिभलमा कतारी दूतावासले केबलकारमार्फत ढुवानी गरेर कतारी (अरबीक) र अन्य विदेशी खानाको स्वाद पस्किएको हो । फेस्टिभलका लागि कतारी दूतावाससँग चन्द्रागिरि हिल्स प्रालिले सहकार्य गरेको हो ।
फेस्टिभलका लागि हिल्सले कार्यक्रम स्थल र अन्य खाना उपलब्ध गराएको थियो भने कतारी दूतावासले कतारी (अरविक) परिकार पस्किएको थियो । कोभिडले थलिएको नेपालको पर्यटन क्षेत्रलाई कतारी दूतावास र चन्द्रागिरि हिल्सको संयुक्त आयोजनामा सम्पन्न फेस्टिभलले आशा जगाउने काम गरेको बताइएको छ ।
कूटनीतिक नियोगका सबैजसो अधिकारीहरू उपस्थित
उक्त फेस्टिभलमा औपचारिक कार्यक्रम भने राखिएको थिएन । फेस्टिभलमा उपस्थित आगन्तुकहरू प्राकृतिक दृष्यावलोकन गर्दै खाना खाइरहेका देखिन्थे । कार्यक्रममा कूटनीतिक नियोगका सबैजसो अधिकारीहरूको उपस्थिति थियो । काठमाडौमा रहेका अन्य मुलुकका राजदूतको पनि उपस्थिति रहेको कार्यक्रम नेपालका लागि युएइका राजदूत एक एम्बास्डर डिन सैद हम्दान अल नक्वीको उपस्थितिपछि अघि बढेको थियो ।
केबलकार चढेर चन्द्रागिरि हिल पुगेका सहभागीहरू त्यहाँबाट सानो मोटरमार्फत होटल पुगेका थिए । उनीहरूले होटलको स्टलमा दूतावासले तयार पारेको अरविक र चन्द्रगिरि हिल्सले उपलब्ध गराएको खानाका परिकारहरूको स्वाद लिएका थिए । फेस्टिभलमा नेपाली तथा विदेशीहरू सहभागीहरू त्यहाँको प्राकृतिक सौन्दर्यमा रमाएका थिए । कतारले नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्ने र विकासमा सहकार्य गर्ने बताउने मात्र होइन हाइकिङ गराउनेदेखि धेरै विषयमा ठोस रूपमा सक्रिय रहँदै आएको छ ।
कतारी राजदूत युसुफ बिन मोहम्मद अल हैल र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आगन्तुकलाई स्वागत, सत्कार गरेका थिए ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया