युवालाई तालिम भन्दै गाउँपालिका अध्यक्षले गरे अढाइ लाखको भ्रष्टाचार

काठमाडौँ - मकवानपुरको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गर्दा अनियमितता गर्ने गाउँपालिका अध्यक्षसहित तीनजनाविरुद्ध मुद्दा दायर भएको छ ।
आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम सञ्चालनबापत भए/गरेको कामभन्दा बढी २ लाख ६० हजार ९ सय रुपैयाँ भुक्तानी गरी लिए दिएको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सि.नं. |
नामथर |
कार्यालय |
बिगो रु. |
कसुर तथा सजायको मागदाबी |
|
गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान |
जिल्ला मकवानपुर, कैलाश गाउँपालिका |
रु.२,६०,९००।– |
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूरजन्य कार्य भएकोले सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १(घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन समेत मागदाबी लिइएको छ । |
|
संचालक रामकुमार रिजाल |
फिलिंगो मिडिया |
रु.२,६०,९००।– |
भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम उक्त बिगो जफत हुन समेत मागदाबी लिइएको छ । |
|
तत्कालीन प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेल |
जिल्ला मकवानपुर, कैलाश गाउँपालिका |
रु.२,६०,९००।– |
भष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरमा सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १(घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन समेत मागदाबी लिइएको छ । |

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया