हल व्यवसायी भन्छ्न्– ‘हामीसँग दुई महिनालाई पुग्ने फिल्म छन्’

काठमाडौं : हल व्यवसायीले पुस १० गतेबाट जबर्जस्ती भए पनि हल खोल्ने निर्णय गरेसँगै ९ महिनादेखि सुस्त रहेको फिल्म क्षेत्र बौरिएको छ । हल व्यवसायीको अभिभावक संस्था नेपाल चलचित्र संघले आफूहरूले गरेको निर्णयबाट कसैगरी पनि पछि नहट्ने संकेत गरेको छ । तर, हल खुले पछि दर्शकले हलमा के हेर्न पाउँछन् ? जिज्ञासाको विषय बनेको छ ।
चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले इकागजसँगको कुराकानीमा आफूहरूसँग दुई महिनालाई पुग्ने फिल्म ‘स्टक’ रहेको बताए । ‘हिजो हाम्रो वितरकसँग छलफल थियो । उहाँहरूले दुई महिनालाई पुग्ने फिल्म छन् भन्नु भएको छ । त्योबीचमा हामी नयाँ फिल्मका निर्मातासँग पनि छलफल गरेर फिल्म रिलिज गर्ने वातावरण बनाउँछौं,’ प्रधानले भने ।
उनले पहिलो चरणमा भने निर्माताले चाहेमा महामारीका कारण उत्रिएका सिनेमा चलाउन प्राथमिकता दिने बताए । महामारीका कारण हल बन्द हुनअघि सिनेमा घरमा ‘आमा’ र ‘सेन्टि भाइरस’ चलिरहेका थिए । हल व्यवसायीले हल खोल्ने निर्णय गरेको भोलिपल्ट सरकारले बन्द रहेको छायाँकनका लागि भने अनुमति दिने निर्णय गरेको खबर सार्वजनिक भएको छ ।
मन्त्रीपरिषद्ले मंगलबार गरेको भनिएको निर्णय भने सार्वजनिक भइसकेको छैन । हल सञ्चालकले सरकारसँग नौबुँदै माग पनि अघि सारेका छन् । यसमा विद्युतको डिमाण्ड शुल्कदेखि कर मिनाहासम्मका माग रहेका छन् ।

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

प्रतिक्रिया