‘ब्ल्याक विडो’ विवादमा स्कारलेट जोन्सन र डिज्नेको कुरा मिल्यो

लसएन्जल्स - ‘ब्ल्याक विडो’को रिलिजलाई लिएर डिज्नेसँग असन्तुष्ट भएकी स्कारलेट जोन्सनले डिज्नेविरुद्ध हालेको मुद्दा सल्टिएको छ । बिहीबार जोन्सन र डिज्नेबीच सहमति भएसँगै जोन्सनले मुद्दा फिर्ता लिएको समाचारमा जनाइएको छ ।
‘ब्ल्याक विडो’लाई डिज्नेले ओटिटीमा समेत एकै चोटि रिलिज गर्दा आफूलाई ५० मिलियन अमेरिकी डलर घाटा लागेको भन्दै स्कारलेट जोन्सनले डिज्नेविरुद्ध मुद्दा हालेकी थिइन् । जवाफमा डिज्नेले सम्झौताअनुसार नै फिल्म रिलिज भएको रुखो जवाफ पठाएको थियो ।
पछि मुद्दा चर्कँदै जाँदा धेरै कलाकार जोन्सनको पक्षमा उभिएका थिए । यसरी मुद्दा चर्कँदै जाने लक्षण देखेपछि डिज्ने सहमतिमा आउन बाध्य भएको थियो । तर दुवैबीच के कतिमा र कसरी सहमति भयो भन्ने कुरा बाहिर आएको छैन तर दुवैले सहमतिले फेरि सहकार्य गर्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् ।
जोन्सनले बिहीबार आफ्नो भनाइ राख्दै आफूहरूबीच सहमति भएको र डिज्नेसँग भविष्यमा पनि सहकार्य गर्न तयार रहेको बताएकी छिन् । महामारीकै बीचमा रिलिज भएको ‘ब्ल्याक विडो’ले राम्रो समीक्षाका बाबजुद अपेक्षित व्यापार गर्न सकेको थिएन । यो फिल्म हलसँगै डिज्नेको ओटिटी प्लेटफर्म डिज्नेप्लसमा पनि एक साथ रिलिज भएको थियो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया