एनसेटको १० वर्षे रणनीतिक योजना सार्वजनिक

संस्थाका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सन् २०२० सम्ममा नेपाली नागरिकलाई भूकम्पबाट सुरक्षित बनाउने कार्ययोजना सम्पन्न गरेको जानकारी दिँदै त्यसबाट प्राप्त ज्ञानका आधारमा अबको १० वर्ष विपद् जोखिम न्यूनीकरणमा काम गर्ने बताए । उनले उक्त योजना सन् २०१४ देखि सुरु गरिएको भए पनि त्यसपछि आएको भूकम्प र पछिल्लो समयमा परेको कोभिड–१९ को प्रभावका कारण ढिलाइ भएको जानकारी दिए ।उक्त रणनीतिक योजनाअनुसार भूकम्पीय सुरक्षाका साथै बाढीपहिरो र आगलागीका घटना न्यूनीकरण र त्यसबाट हुने जोखिम कम गराउन संस्थाले कार्यक्रम सञ्चालन गर्नेछ । लक्ष्य हासिल गर्न एनसेटले परम्परागत ज्ञान सीपको उपयोग गर्ने, जिम्मेवार, अनुशासित तथा दिगो कार्यक्रम सञ्चालन गर्ने, प्रभावका आधारित नतिजामुखी काम गर्ने तथा सहकार्य र सहभागितामूलक काममा जोड दिनेछ । मुख्यगरी सन् २०५० सम्मको रणनीतिक योजनाका साथ पहिलो चरणमा सन् २०३० सम्म कार्यान्वयन गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो ।उक्त कार्यक्रम कार्यान्वयनपछि विपद् सुरक्षा माथिल्लो स्तरमा पुग्ने, सार्वजनिक र निजी क्षेत्रको उल्लेखनीय सहकार्य हुने र प्रविधिको भरपूर उपयोग हुने विश्वास छ । एनसेटले सार्वजनिक गरेको रणनीतिक योजनामा सरकारलाई बलियो बनाउन सहयोगी भूमिका खेलिने उल्लेख छ । अध्ययन र अनुसन्धानमूलक कार्यको विकास गरी सक्रिय, दिगो र सिक्न चाहने नमूना संस्थाका रूपमा विकास गर्ने योजना उल्लेख छ ।

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

प्रतिक्रिया