बैंकिङ कसुर मुद्दामा १० लाख जरिवाना भएका व्यक्ति पक्राउ
काठमाडौँ - नेपाल प्रहरीले अदालतबाट रु १० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १० लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ महानगरपालिका-६ का ६७ वर्षीय नारायणभक्त सङ्गतलाई पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २७ को फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम रु १० लाख जरिवानापछि फरार रहेका सङ्गतलाई आज काठमाडौँको सिफलबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका उनले आफ्नो सिटिजन बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।
उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालत पेश गरिएको प्रवक्ता महतोले बताए । (रासस)

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

प्रतिक्रिया