झापामा जंगली हात्तीको आक्रमणमा परेकी महिला बेपत्ता

झापा – बिहीबार दिउँसो झापामा एक महिलालाई जंगली हात्तीले आक्रमण गरेको छ । हात्तीले सुँडले च्यापेर महिलालाई जंगलभित्र लगेको स्थानीयबासीले जनाएका छन् । हात्तीले जंगलभित्र लगेको ती महिला साँझसम्ममा फेला परेकी छैनन् । बिर्तामोड नगरपालिका ८ नेपाल चोक बस्ने ५० वर्षीया लतुमाई मर्डीलाई हात्तीले जंगलभित्र लगेको प्रहरीले जनाएको छ ।
भद्रपुर नगरपालिका– १० स्थित देउनियाँछेउको चन्द्रगढी सामुदायिक वनभित्र आफ्ना श्रीमान् शुकलाल मर्डीसहित उनी निगुरो टिप्न पुगेकी थिइन् । सोही बेला जंगली हात्तीले उनीमाथि आक्रमण गरेको हो । घटनालगत्तै शुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए। महिलाको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी सक्रिय छन् ।

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

प्रतिक्रिया